
गान्तोक, २७ नोभेम्बर (हि.स.)। उत्तरपूर्वी परिषद (एनईसी) का सचिव सतिन्दर कुमार भल्लाले आज लोकभवनमा सिक्किमका राज्यपाल दुष्यन्त गौतमसँग शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा एनईसी सचिव भल्लाले राज्यपाललाई सिक्किममा परिषदमार्फत सञ्चालन भइरहेका विभिन्न विकास परियोजना तथा प्रमुख पहलहरूको प्रगतिबारे जानकारी गराए। यसका साथै राज्यमा सञ्चालित विकासमूलक कार्यक्रम तथा सम्बन्धित विषयहरूमा दुवैबीच विस्तृत छलफल भएको लोकभवनले विज्ञप्तिमा जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल