
- नवप्रवर्तन, उद्यमशीलता र स्थानीय आर्थिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्य
मङ्गन, २७ नोभेम्बर (हि.स.)। जिल्ला नवप्रवर्तन तथा उद्यमशीलता कार्यक्रमअन्तर्गत आयोजित ‘नर्थ सिक्किम इनोभेट्स’ प्रतियोगिताका विजेताहरूलाई आज मङ्गनस्थित जिल्ला प्रशासनिक केन्द्रको सभागारमा आयोजित एक विशेष कार्यक्रममा सम्मानित गरिएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल एवं सिक्किम इन्स्पायर्सका अध्यक्ष अनन्त जैनले स्थानीय आर्थिक विकासमा उद्यमशीलता, नवप्रवर्तन तथा व्यवसाय विकासको महत्त्वमाथि प्रकाश पारे। उनले नयाँ उद्यम शुरु गर्न इच्छुक व्यक्तिहरूलाई व्यावसायिक अवसरहरूको खोजी गर्न, नवीन सोच विकास गर्न तथा दिगो उद्यम निर्माणका लागि प्रयास गर्न प्रोत्साहित गरे।यसैक्रममा वाणिज्य तथा उद्योग विभागका डा. मनु प्रकाश पाठकले ‘सिक्किममा उद्यमशीलता विकास’ विषयमा विस्तृत प्रस्तुति दिँदै राज्यमा उद्यमशीलता प्रवर्द्धनका लागि उपलब्ध विभिन्न अवसर तथा सरकारी पहलहरूबारे जानकारी गराए।त्यसपछि सिक्किम राज्य ग्रामीण विकास तथा पञ्चायती राज संस्थानका कनिष्ठ प्राध्यापक सुरेन मोहराले ‘उद्यमशीलता: साना सोचदेखि आत्मनिर्भरतासम्म’ विषयमा प्रस्तुति राखे। उनले साना व्यावसायिक सोचलाई प्रोत्साहन गर्दै उद्यमशीलतालाई आत्मनिर्भरताको माध्यमका रूपमा विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।कार्यक्रमको अन्त्यमा नवीन सोच तथा उद्यमशील पहलमार्फत योगदान पुर्याउने ‘नर्थ सिक्किम इनोभेट्स’ का विजेताहरूलाई सम्मानित गरियो।
हिन्दुस्थान समाचार / बिशाल