
कोलकाता, 27 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गाल सरकारले 'भीबी-जी रामजी' योजना अन्तर्गत कार्यरत अनुबन्धित कर्मचारीहरूलाई ठूलो राहत दिँदै उनीहरूको मासिक मानदेयमा उल्लेखनीय वृद्धि गर्ने घोषणा गरेको छ। कर्मचारीहरूलाई उच्च पारिश्रमिक, सेवा सुरक्षा र कार्यस्थलमा सम्मानजनक वातावरण सुनिश्चित गर्न सरकारले वार्षिक वृद्धि, कार्यकाल सुरक्षा एवं अवकाशसित सम्बन्धित केही नयाँ सुविधाहरूलाई स्वीकृत गरेको छ। यी सबै नयाँ लाभहरू गत 01 नोभेम्बर, 2026- देखि लागू भइसकेको छ।
शुक्रवार जारी सरकारी विज्ञप्ति अनुसार अनुबन्धित कामदारहरूको हालको मासिक मानदेय उनीहरूको कार्य अनुभवको आधारमा मासिक 6 हजारदेखि बढ़ाएर 8 हजार रुपियाँ गरिएको छ। यस अन्तर्गत वर्तमान मानदेय 25 हजार रुपियाँसम्म रहेका तथा सेवा अवधि 10 वर्षभन्दा कम रहेका कर्मीहरूको मानदेयमा 6 हजार रुपियाँ वृद्धि हुनेछ भने 10 वर्ष वा त्योभन्दा अधिक सेवा गरिकेका कर्मीहरूले 7 हजार रुपियाँ अतिरिक्त पाउनेछन्। त्यसैगरी, 25 हजार रुपियाँभन्दा बढ़ी 45,000 हजार रुपियाँसम्म मानदेय पाउने कर्मीहरूमा 10 वर्षभन्दा कम अनुभव भएकाहरूलाई 7 हजार रुपियाँ तथा 10 वर्ष वा त्योभन्दा बढ़ी अनुभव भएकाहरूले मासिक 8 हजार रुपियाँ पाउनेछन्।
पारिश्रमिक संशोधन बाहेक राज्य सरकारले अनुबन्ध कामदारको भविष्य सुरक्षित गर्न दुईवटा महत्त्वपूर्ण निर्णय लिएको छ। यस अन्तर्गत आगामी 01 जुलाई, 2027- देखि शुरू भएर हरेक वर्ष 1 जुलाईमा उनीहरूको मासिक मानदेयमा वार्षिक 3 प्रतिशत वृद्धि गरिनेछ। साथै न्यूनतम 10 वर्ष सन्तोषजनक सेवा पूरा गरेिसकेका अनुबन्ध कामदारहरूले 60 वर्षको उमेरसम्म आफ्नो सेवा जारी राख्न सक्नेछन्। यद्यपि यसको लागि पर्याप्त परियोजनाहरूको उपलब्धता, सन्तोषजनक प्रदर्शन एवं निर्धारित सर्तहरूको पालना अनिवार्य हुनेछ भने पहिला जस्तै वार्षिक रूपमा अनुबन्धको नवीकरण गर्न जारी रहनेछ।
सरकारले अनुबन्ध कामदारका लागि बिदा नीतिलाई अझ अधिक उदार बनाएको छ। नयाँ प्रावधान अनुसार कर्मचारीहरूले हरेक वर्ष 30 दिनको वार्षिक बिदा र 10 दिनको मेडिकल बिदा पाउनेछन्। यसबाहेक महिला कर्मचारीहरूलाई 180 दिनको प्रसूति बिदा र गर्भपात भएमा 42 दिनको विशेष बिदा प्रदान गरिनेछ।
यो प्याकेज भीबी-जी रामजी योजनामा संलग्न सबै अनुबन्धित कर्मचारीहरूमा लागू हुनेछ, यद्यपि उप-सहायक वा कनिष्ठ इञ्जिनियर तथा अनुबन्धमा सहायक इञ्जिनियरलाई यसको दायराबाट बाहिर राखिएको छ। राज्य सरकारले यी नयाँ सुविधाहरूको लाभ समयबद्ध रूपमा योग्य अनुबन्धित कामदारहरूसम्म पुग्न सुनिश्चित गर्न सबै जिल्ला मेजिस्ट्रेटहरूलाई निर्देशन दिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा