
कोलकाता, 27 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा नोभेम्बरको अन्तिम हप्तासितै चिसोको प्रभाव बिस्तारै बढ्न थालेको छ। शुक्रवार राज्यको उत्तरदेखि दक्षिणसम्मको मौसम मुख्यतया सुख्खा रहने पूर्वानुमान गरिएको छ। आकाश सफा रहनको साथ दिन घमाइलो हुने सम्भावना छ जबकि बिहान र बेलुकीको समयमा चिसोको अनुभूति बढी हुनेछ। अहिलेसम्म राज्यका कुनै पनि जिल्लामा वर्षा वा खराब मौसमको चेताउनी जारी गरिएको छैन।
अलिपुरस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्र (आरएमसी) अनुसार आगामी केही दिनसम्म पश्चिम बङ्गालका अधिकांश भागहरूमा सुख्खा मौसम रहने छ। भारतीय मौसम विभागको पूर्वानुमानले पनि आगामी पाँच दिनसम्म राज्यको लागि कुनै मौसम चेताउनी जारी गरेको छैन।
मौसम विभागको कोलकाता-अलिपुर केन्द्रको पूर्वानुमान अनुसार शुक्रवार राजधानीमा आकाश मुख्यतया सफा रहनेछ। अधिकतम तापमान 26 डिग्री सेल्सियस र न्यूनतम 17 डिग्री सेल्सियस लगभग रहने सम्भावना छ।
हावडा, हुगली, नादिया, मुर्शिदाबाद, पूर्वी बर्दवान, पश्चिम बर्दवान, बीरभूम, बाँकुड़ा, पुरुलिया, झाड़ग्राम तथा पूर्व र पश्चिम मेदिनीपुर जिल्लाहरूको मौसम शुष्क रहने सम्भावना छ। पश्चिमञ्चलका जिल्लाहरूमा बिहान-बेलुकीको समयमा अपेक्षाकृत बढ़ी चिसो मौसम अनुभव गर्न सकिन्छ। साथै तटीय जिल्लाहरूमा वर्षा हुने सम्भावना छैन।
उत्तर बङ्गालको दार्जीलिङ, कालेबुङ, जलपाईगुडी, अलिपुरद्वार, कुचबिहार, मालदा अनि उत्तर र दक्षिण दिनाजपुरमा पनि मुख्यतया सुख्खा मौसम रहने छ। चिसोको प्रभाव पाहाड़ी क्षेत्रहरूमा बढ़ी महसूस हुनेछ भने मैदानी क्षेत्रमा बिहान हल्का कुहिरो देखिन सक्छ।
मौसम विभागको पूर्वानुमान अनुसार नोभेम्बर 28- मा पनि कोलकाताको आकाश मुख्य रूपमा सफा रहनेछ। आउँदो दिनमा बिहानको समयमा केही ठाउँमा हल्का कुहिरो वा धमिलोपन हुने सम्भावना छ। हाल राज्यमा वर्षा हुने कुनै चेताउनी छैन।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा