
नयाँ दिल्ली, ०७ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले यस पटक पनि देशका वीर जवानहरूसँग दीपावली मनाउने भएका छन्। उनले शनिवार दीपावलीको पूर्वसन्ध्यामा देशवासीलाई शुभकामना दिँदै हरेक वर्ष देशका वीर जवानहरूबीच पुगेर दीपावली मनाउने आफ्नो प्रयास रहने र यस पटक पनि यो परम्परालाई निरन्तरता दिने बताए।
मोदीले सामाजिक सञ्जालमा साझा गरेको भीडियो सन्देशमा भने, “दीपावलीको पावन पर्वमा सम्पूर्ण देश उज्यालोले झलमल्ल भइरहेको छ। प्रकाशको यो पर्व अन्धकार विरुद्ध हाम्रो संकल्पको परिचय हो। तपाईहरू सबैलाई दीपावलीको हार्दिक शुभकामना। यो पर्व र तपाईहरूको आगामी समय सुख, शान्ति र समृद्धिले भरिपूर्ण रहोस्।”
प्रधानमन्त्रीले भने, “म पनि तपाईहरू जस्तै ठूलो उत्साहका साथ दीपावली मनाउँछु। तपाईहरूलाई थाहै छ, हरेक वर्ष देशका वीर जवानहरूबीच पुग्नु मेरो नियमित क्रम हो। यस पटक पनि यो परम्परा जारी रहनेछ।”
हिन्दुस्थान समाचार / भवानी थामी