
कुलगाम, 0८ नोभेम्बर (हि.स.)। जम्मु-कश्मीरको कुलगाम जिल्लास्थित पानीवाह क्षेत्रमा आइतबार सुरक्षा बलले नाकाजाँचका क्रममा दुई जना संदिग्धलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एउटा चिनियाँ पेस्तोल, दुईवटा ग्रेनेड तथा गोली बरामद गरिएको छ।
प्रहरी अधिकारीका अनुसार, सुरक्षा बलको संयुक्त टोलीले नाकाजाँच गरिरहेको समयमा फलफूलको बगैँचातर्फबाट कुलगाम आउँदै गरेका दुई व्यक्तिलाई रोकेर तलासी लिएको थियो। यस क्रममा एउटा चिनियाँ पेस्तोल, एउटा म्यागजिन, ९ एमएमका दुई राउन्ड गोली तथा दुईवटा चिनियाँ ग्रेनेड फेला परेको थियो।
यस सम्बन्धमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी