
नयाँ दिल्ली, 08 नोभेम्बर (हि.स.)।भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन आइतबार पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री भारतरत्न लालकृष्ण आडवाणीको निवासमा गएर उनको 99 औँ जन्मदिनको शुभकामना दिएका छन्। यस अवसरमा केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल पनि उपस्थित थिए।
भेटपछि नितिन नवीनले सोशल मिडिया प्लेटफर्म एक्समा उनले आडवाणीको निवासमा जन्मदिनको शुभकामना दिन पुगेकाे बताएका छन्। उनले भने, विभाजनको विभीषिकादेखि राष्ट्र निर्माणको यात्रासम्म आडवाणीको सार्वजनिक जीवनले राष्ट्र पहिले र यसप्रतिको अटुट समर्पणको विचारको उदाहरण दिएको उनले बताए।
नितिन नवीनले आडवाणीको दर्शन राष्ट्र पहिले, पार्टी पछि, स्वयं अन्तिम सधैं भाजपाको संगठनात्मक संस्कृति र कार्यकर्ताहरूका लागि प्रेरणाको स्रोत हुने बताए। उनले दीपावलीको अवसरमा भगवान रामसँग आडवाणीको सुस्वास्थ्य र दीर्घायुको कामना गरे।
--------
हिन्दुस्थान समाचार / भवानी थामी