प्रधानमन्त्री मोदीले बस्तरमा सीआरपीएफका जवानहरूसँग मनाए दीपावली
प्रधानमंत्री नरेंद्र मोदी ने बस्तर में सुरक्षाबलों के जवानों के साथ दिपावली मनाई


- लगातार १३औँ वर्ष जवानहरूमाझ पुगे प्रधानमन्त्री, नक्सलवादमुक्त भारतलाई बताए ऐतिहासिक उपलब्धि

जगदलपुर, ०८ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार छत्तीसगढ़को बस्तर स्थित करनपुर सीआरपीएफ क्याम्पमा सुरक्षाबलका जवानहरूसँग दीपावली मनाए। यस अवसरमा सीआरपीएफका वरिष्ठ अधिकारी, डीआरजीका दुई बटालियनका जवान तथा मुख्यमन्त्री विष्णुदेव साय उपस्थित थिए।

प्रधानमन्त्रीले जवानहरूलाई आफ्नो परिवार बताउँदै उनीहरूको त्याग, समर्पण र बलिदानको प्रशंसा गरे।

उनले सुरक्षाबलको अदम्य साहस र निरन्तर प्रयासका कारण बस्तरमा नक्सलवादको खतरा कम हुँदै विकासको नयाँ लहर शुरु भएको बताए। साल २०२६ को दीपावली देशका लागि ऐतिहासिक रहेको उल्लेख गर्दै उनले देशका सबै जिल्ला नक्सलवादमुक्त भएको बताए। नक्सलवादविरुद्धको लड़ाइँमा ज्यान गुमाउने जवानहरूप्रति पनि उनले श्रद्धाञ्जली अर्पण गरे।

यसअघि प्रधानमन्त्रीले करनपुर स्थित कोबरा अपरेसन्स बेसको भ्रमण गरे। लगभग ३११ एकड़ क्षेत्रमा फैलिएको यस क्याम्पमा कोबरा कमान्डोहरूलाई जङ्गल युद्ध तथा नक्सलविरोधी अभियानको विशेष प्रशिक्षण दिइन्छ। यहाँ सीआरपीएफको ५० शय्याको संयुक्त अस्पताल पनि रहेको छ।

मुख्यमन्त्री विष्णुदेव सायले नक्सलवाद उन्मूलन र राज्यमा शान्ति तथा विकासको वातावरण निर्माण गर्न सुरक्षाबलले पुर्याएको योगदानको प्रशंसा गरे।

उल्लेखनीय छ, प्रधानमन्त्री मोदी साल २०१४ देखि लगातार दीपावलीका अवसरमा सुरक्षाकर्मीहरूसँग पर्व मनाउँदै आएका छन्। यसअघि उनले १२ पटक जवानहरूसँग दीपावली मनाइसकेका छन्। यस पटक बस्तर पुगेर उनले लगातार १३औँ वर्ष यो परम्परालाई निरन्तरता दिए।

प्रधानमन्त्रीले जवानहरूसँग दीपावली मनाएको भीडियो सामाजिक सञ्जालमा साझा गर्दै लेखेका छन्, “हाम्रो रक्षा गर्नेहरूसँग दीपावली अझ् मीठो हुन्छ।”

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande