प्रधानमन्त्री मोदीले बस्तरमा सुरक्षाकर्मीहरूसँग दीपावली मनाउने
प्रधानमंत्री नरेन्द्र मोदी की एक्स पोस्ट।


नयाँ दिल्ली, 08 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्षको दीपावली छत्तीसगढको बस्तरमा सुरक्षाकर्मीहरूसँग मनाउने भएका छन्। प्रत्येक वर्षझैँ यसपटक पनि उनले देशको सुरक्षामा खटिएका जवानहरूसँग दीपावलीको खुशी साटासाट गर्नेछन्।

प्रधानमन्त्री मोदीले आइतबार बिहान सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, “दीपावलीको पावन अवसरमा बस्तर जाँदैछु। हिजोसम्म जहाँ नक्सलीहरूको आतङ्क थियो, आज त्यहाँ विकासको लहर छ। वीर जवानहरूको बलिदान, त्याग र तपस्यालाई नमन गर्न जाँदैछु।”

यसअघि प्रधानमन्त्री मोदीले दीपावलीको अवसरमा देशवासीलाई शुभकामना दिँदै सबैको जीवनमा सुख, स्वास्थ्य र समृद्धिको कामना गरेका थिए।

उल्लेखनीय छ, कार्तिक औँसीका अवसरमा आइतबार देशभर दीपावली पर्व मनाइँदैछ। यस अवसरमा घर तथा मन्दिरहरू दीप प्रज्वलन गरी सजाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande