नन्दीग्राममा भाजपालई झटका, पार्टी नेता पवित्र कर तृणमूलमा सामेल
नन्दीग्राममा भाजपालई झटका, पार्टी नेता पवित्र कर तृणमूलमा सामेल


-शुभेन्दु अधिकारीको प्रतिद्वन्द्वि हुनसक्ने संकेत

कोलकाता, 17 मार्च (हि. स.)। पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 पूर्व भारतीय जनता पार्टी (भाजपा)-लाई नन्दीग्राममा ठूलो झट्का लागेको छ। भाजपाका स्थानीय नेता पवित्र कर मंगलवार तृणमूल कंग्रेसमा सामेल भए। उनले पार्टीका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीको उपस्थितिमा तृणमूलको सदस्यता ग्रहण गरे।

पार्टी सूत्र अनुसार पवित्र करलाई तृणमूल कंग्रेसले नन्दीग्राम सीटबाट उम्मेद्वार बनाउनसक्छ जहाँ उनको स्पर्धा विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकाारीसित हुने सम्भावना छ।

तृणमूल कंग्रेसले सामाजिक माध्यममा एउटा सन्देश जारी गरी बतायो, पूर्व मेदिनीपुर जिल्लाको नन्दीग्राम दुई ब्लकको बोयाल-एक ग्राम पञ्चायतका पूर्व भाजपा नेता पवित्र करले पार्टीको नीतिबाट असन्तुष्ट भएर तृणमूलमा सामेल हुने फसेला गरेका छन्।

पार्टीले आफ्नो सन्देशमा भनेको छ, भाजपाको जनविरोधी नीतिहरूबाट असन्तुष्ट भएर पवित्र करले ममता ब्यनर्जी नेतृत्वाधिन ‘माँ, माटी, मानुष’- को भावना लिएर मानिसहरूको हितमा काम गर्ने निर्णय लिएका छन्।

यो घटनाक्रम भाजपाद्वारा यो घोषणा गरिएको एक दिनपछि प्रकाशमा आएको छ कि शुभेन्दु अधिकारीले यसपालि नन्दीग्रामसँगसँगै कोलकाताको भवानीपुर सीटबाट पनि चुनाउ लड़्नेछन्। भवानीपुर सीट वर्तमानमा मुख्यमन्त्री ममता ब्यनर्जीसित छ।

यदि ममता ब्यनर्जीले यसपालि पनि भवानीपुर सीटबाट चुनाउ लड़िन् भने वर्ष 2021 पछि फेरि दोस्रो पटक सोझै शुभेन्दु अधिकारीसित भिड़न्त हुनेछ।वर्ष 2021-को विधानसभा चुनाउमा शुभेन्दु अधिकारीले नन्दीग्राम सीटबाट ममता ब्यानर्जीलाई परास्त गरेका थिए।

--

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande