
-पार्टी अध्यक्ष प्रमोद बोड़ोले तामुलपुरबाट उम्मेद्वारिता गर्ने
कोकराझार (असम), 17 मार्च (हि.स.)। बोडोल्याण्डको प्रमुख क्षेत्रीय पार्टी यूनाइटेड पीपल्स पार्टी लिबरल (यूपीपीएल)-ले आगामी असम विधानसभा चुनाउ- 2026 को लागि सात वटा निर्वाचन क्षेत्रहरूबाट आफ्ना उम्मेद्वारहरूको सूची घोषणा गरेको छ। यो चुनाउ आगामी 9 अप्रेलमा हुनेछ।
पार्टीद्वारा जारी आधिकारिक अधिसूचना अनुसार यूपीपीएलका अध्यक्ष औ बोडोल्याण्ड प्रादेशिक क्षेत्र (बीटीआर)- का पूर्व मुख्य कार्यकारी सदस्य प्रमोद बोड़ोले पार्टीको केन्द्रिय कार्यसमिति तथा कोर समितिको सिफारिसपछि यी नामहरूलाई स्वीकृति दिएका छन्।
उम्मेद्वारहरूको यो सूची यूपीपीएलका महासचिव (प्रशासन) राजू कुमार नार्जारीद्वारा व्यापक जन-प्रसारको लागि औपचारिक रूपमा जारी गरिएको हो। यो घोषणा यस्तो समयमा भएको छ जतिबेला सारा राज्यमा राजनीतिक दलहरू भारत निर्वाचन आयोगद्वारा आदर्श आचार संहिता लागू गरिएपछि चुनाउको तयारीमा द्रूत गतिमा जुटेका छन्।
मीडियासित बातचित गर्दै यूपीपीएल महासचिव राजू कुमार नार्जारीले भने, कोर समितिको बैठकमा यस ममिलामा चर्चा गरिएको थियो। पार्टी निर्णयको सम्बन्धमा भोलि आधिकारिक घोषणा हुने आशा छ। नार्जारीले यो पनि भने, पार्टीले सम्पूर्ण क्षेत्रमा ऱ्यालीहरू शुरू गरिसकेको छ। अन्तिम फसेला मानिसहरूको इच्छानुसारै हुनेछ।
उनले भने, पार्टीको मान्यता छ, बोडोल्याण्ड टेरिटोरियल कउन्सिल (बीटीसी) -मा सत्ता सन्तुलनलाई कायम राख्न चाहन्छ। उनले यो पनि भने, यदि कुनै मानिसहरू आफ्नो एमसीएलदेखि सन्तुष्ट छैनन् भने उनीहरूले विधायक समक्ष जान सक्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा