
आसनसोल, 17 मार्च (हि.स.)। आसनसोलमा भाजपाका उम्मेद्वारहरूको नाम घोषणा भएको भोलिपल्ट नै मंगलवाार अग्निमित्रा पालले चुनाउ प्रचार शुरू गरिन्। आसनसोल दक्षिण विधानसभा क्षेत्रकी भाजपा प्रत्याशी अग्निमित्रा पाल बल्लभपुरका विभिन्न क्षेत्रहरूसँगै हाट बजारमा चुनाउ प्रचार गर्न गइन् जहाँ उनले मतदाताहरूसित समर्थन गर्ने अपील गरिन्। प्रचारको क्रममा पूर्व प्रधान एवं वर्तमान उपप्रधान सिदान मण्डलसित उनको भेट भयो। दुवै नेताबीच पहिला नमस्कारसित सौजन्य भेट भयो। तर केही क्षणमै यो बातचित चर्को बहसमा परिणत भयो।
उल्लेखनीय छ, यसअघि पनि कैयौं पटक आसनसोल साउथ ब्लक टाउनका ग्रामीण क्षेत्रहरूमा पाड़ाय-पाड़ाय दिदी भाइ कार्यक्रम अवधि स्थानीय मानिसहरूले विधायक अग्निमित्र पाललाई घेराउ गरिसकेका छन्। कैयौं पटक स्थानी मानिसहरूले विधायकसित प्रश्न पनि सोधिसकेका छन् कि पांच वर्षसम्म तपाई कहाँ हुनुहुन्थ्यो?
ग्रामीणहरूको आरोप थियो, अग्निमित्रा पाल चुनाउमा मात्र देखिन्छ। यसै मुद्दालाई लिएर उपप्रधानले उनलाई देख्नसाथ कटाक्ष गरे जसले गर्दा भाजपा उम्मेद्वार रिसाइन् पनि।
मीडियासित बातचित गर्ने क्रममा अग्निमित्रा पालले राज्यको सत्तारूढ़ तृणमूल कंग्रेसमाथि लक्षित गर्दै आरोप लगाइन्, पानी जस्तो मुद्दामा पनि राजनीति गरेर मानिसहरूलाई वञ्चित बनाइरहेको छ।उनले मानिसहरूलाई भाजपासित जोड़िने आह्वान गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा