पश्चिम बंगालमा आचार संहिताको सन्दर्भमा राजनीतिक दल तथा मन्त्रीहरूका लागि चुनाउ आयोगको कड़ा गाइडलाइन
पश्चिम बंगालमा आचार संहिताको सन्दर्भमा राजनीतिक दल तथा मन्त्रीहरूका लागि चुनाउ आयोगको कड़ा गाइडलाइन


कोलकाता, 17 मार्च (हि. स.)। पश्चिम बंगाल विधानसभा चुनाउको कार्यक्रम घोषणा हुनसाथ गत आइतवार साँझदेखि राज्यमा आदर्श आचार संहिता लागू भएको छ। यसबीच गए सोमवार राती चुनाउ आयोगले पश्चिम बंगालका राजनीतिक दल, मन्त्री एवं सरकारी अधिकारीहरूको लागि विस्तृत दिशानिर्देश जारी गरेको छ।

चुनाउ आयोगको गाइडलाइन अनुसार कुनै पनि राजनीतिक दलले चुनाउ प्रचारको लागि सरकारी भवन, सरकारी वाहन वा सरकारी संसाधनहरूको उपयोग गर्न सक्दैन। यसको साथै सरकारी धनबाट कुनै पनि प्रकारको विज्ञापन जारी गर्नेमाथि पनि रोक लगाइएको छ।

आयोगले यो पनि स्पष्ट पारेको छ, कुनै पनि मन्त्रीले आफ्नो सरकारी काम तथा चुनाउ प्रचारलाई एकसाथ गर्न सक्ने छैनन्। चुनाउ प्रचारको लागि मन्त्रीहरूले सरकारी वाहन, सरकारी सुरक्षा वा अन्य सुविधाहरूको उपयोग गर्न सक्ने छैनन्।

हरेक चुनाउमा यस प्रकारको नियम जारी गरिन्छ, तर त्यसको उल्लंघन भएको सिकायत पनि आइरहेकै हुन्छ। तथापि यसपालि आयोगले राजनीतिक दल तथा मन्त्रीहरूलाई नियमहरूलाई कड़ाई पूर्वक पालन गर्ने विशेष चेताउनी दिएको छ।

यदि आचार संहिताको उल्लंघन भएको खण्डमा राजनीतिक दलहरूसँगसँंगै आम नागरिकहरूले पनि सिकायत दर्ता गराउन सक्नेछन्। यसको लागि सी-भिजिल मोबाइल अनुप्रयोग तथा चुनाउ आयोगको कल सनेटर 1950-मा कुनै पनि समय सिकायत गर्न सकिन्छ।

नियमहरूको पालन गर्छ कि गर्दैन, यसमाथि निगरानी राख्नको लागि चुनाउ आयोगले चुनावी राज्यमा 5 173 फ्लाइंग स्क्वायड र 5 हजार 200 स्ट्याटिक सर्भिलान्स टीमलाई तैनाथ गरेको छ। यी टीमहरूलाई निर्देश दिइएको छ, कुनै पनि सिकायतमा 100 मिनटभित्रमा कारबाही सुनिश्चित गरिनेछ।

आयोगले राजनीतिक दलहरूलाई भनेको छ, कुनै पनि ऱ्याली वा सभा आयोजना गर्नपूर्व पुलिसलाई सूचना दिनु अनिवार्य हुनेछ ताकि सुरक्षा एवं यातायातको उचित व्यवस्था गर्न सकियोस्। लाउडस्पीकर प्रयोगको लागि पनि भिन्नै अनुमति लिनुपर्छ।

यदि कुनै राजनीतिक दलले मैदान वा हेलिपैडलाई उपयोग गर्न चाहन्छ भने उसले चुनाउ आयोगको ईसीआईनेट पोर्टलको सुविधा पोर्टलको माध्यमबाट आवेदन गर्न सक्नेछ। आवेदन ‘पहिला आऊ, पहिला पाभ’- को आधारमा स्वीकृत हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande