मंगल सोरेन तृणमूल कंग्रेसमा सामेल
मंगल सोरेन तृणमूल कंग्रेसमा सामेल


झाड़ग्राम, 17 मार्च (हि. स.)। झाड़ग्रामका साधु रामचन्द्र मुर्मू विश्वविद्यालयका विधि अधिकारी मंगल सोरेन तृणमूल कंग्रेसमा सामेल भए। यस अवसरमा जिल्ला तृणमूल कंग्रेस अध्यक्ष दुलाल मुर्मू सहित अन्य नेताहरूको उपस्थितिमा पार्टीको झण्डा प्रदान गरी उनलाई स्वागत गरियो।

कार्यक्रममा पार्टीका नेताहरूले मंगल सोरेनलाई स्वागत गर्दै भने, उनी जोड़िनाले संगठन अज मजबुत हुनेछ। यस अवसरमा तृणमूल कंग्रेसका स्थानीय नेताहरू तथा कार्यकर्ताहरू पनि उपस्थित थिए।

मंगल सोरेनले पूर्वमा वर्ष 2004- को लोकसभा चुनाउमा झाड़ग्राम संसदीय क्षेत्रबाट उम्मेद्वारिता गरिसकेका छन् जसबाट उनी पछिल्लो लामो समयदेखिकै सार्वजनिक जीवनसित जोड़िँदै आएको संकेत देखिन्छ।

पेशाले उनी झाड़ग्राम स्थित साधु रामचन्द्र मुर्मू विश्वविद्यालयमा वरिष्ठ विधि अधिकारीको रूपमा कार्यरत छन्। यसको साथै उनले जिल्ला मेजिस्ट्रेट र पुलिस अधीक्षक कार्यालयमा पनि विधि अधिकारीको रूपमा अतिरिक्त जिम्मेवारी निर्वाह गरिरहेका छन्।

तृणमूल कंग्रेसले उनी पार्टीमा सामेल भएकोमा स्वागत गर्दै भन्यो, उनको प्रशासनिक तथा कानूनी अनुभवबाट पश्चिम बंगालका मानिसहरूको सेवामा योगदान पुग्ने आशा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande