
मेदिनीपुर, 17 मार्च (हि. स.)। भारत निर्वाचन आयोगको निर्देशानुसार पश्चिम बंगालमा मंगलवार पुलिस प्रशासनमा ठूलो फेरबदल गरिएको छ। आयोगले विशेष रूपमा पूर्व र पश्चिम मेदिनीपुर जिल्लामा पुलिस अधीक्षकहरूलाई स्थानान्तरण गर्ने आदेश जारी गरेको छ।
आयोगद्वारा जारी आधिकारिक पत्र अनुसार तत्काल प्रभावबाट 13 जना वरिष्ठ पुलिस अधिकारी (आईपीएस/एसपीएस)-हरूलाई नयाँ जिम्मेवारी सुम्पिइएको छ। पश्चिम मेदिनीपुरका नयाँ पुलिस अधीक्षकको पापिया सुल्ताना (एसपीएस 2015)-लाई नियुक्त गरिएको छ भने पूर्व मेदिनीपुरमा अंशुमान साहा (आईपीएस 2012)-लाई पुलिस अधीक्षक बनाइएको छ।
निर्वाचन आयोगले राज्यका मुख्य सचिवलाई निर्देश दिएको छ, यी स्थानान्तरणलाई तत्काल लागू गरियोस्। सबै सम्बन्धित अधिकारीहरूलाई 18 मार्च, 2026- को बिहान 11 बजेसम्ममा आफ्नो नयाँ पदस्थापना स्थलमा कार्यभार ग्गरहण गरीर यसको अनुपालन रिपोर्ट पठाउन भनिएको छ।
आयोगले यो पनि स्पष्ट पारेको छ, स्थानान्तरण गरिएका अधिकारीहरू वा वर्तमान पदबाट हटाइएका अधिकारीहरूलाई विधानसभा चुनाउको प्रक्रिया पूरा नहुञ्जेलसम्म चुनाउसित सम्बन्धित कुनै पनि पदमा तैनाथ गरिनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा