
नयाँ दिल्ली, 17 मार्च (हि.स.)। दिल्लीका शिक्षा मन्त्री आशिष सूदले डन बस्को इन्स्टीट्यूट अफ टेक्नोलजीमा आयोजित ‘विकसित भारत युवा कनेक्ट कार्यक्रम’ -मा भाग लिँंदै युवहरूलाई देशको भविष्य निर्माता बताए। उनले युवाहरूलाई राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नका लागि प्रेरित गरे।
सूदले भने, यो कुनै सामान्य औपचारिक आयोजन होइन, देशको भविष्यलाई आकार दिने ऊर्जाको केन्द्र हो जहाँबाट एउटा नयाँ क्रान्तिको सूत्रपात हुनेछ। उनले उपस्थित विद्यार्थीहरूसित आह्वान गरे, उनीहरू यस इन्स्टीट्यूटका विद्यार्थीहरू मात्र होइनन् जबकि विकसित भारतका वास्तुकार तथा शिल्पकार पनि हुन् जसले आगामी वर्ष- 2047 सम्ममा भारतलाई एक विकसित राष्ट्र बनाउनमा महत्वपूर्ण भूमिका निभाउनेछ।
सूदले ‘वन्दे मातरम्’- को 150 वर्षको ऐतिहासिक धरोहरको उल्लेख गर्दै भने, यो एउटा गीत मात्र होइन जबकि राष्ट्र जागरणको मन्त्र पनि हो जसले स्वतन्त्रता आन्दोलनमा नयाँ चेतना सञ्चार गऱ्यो। 150 वर्षपूर्व अंग्रेजी शासनमा देशका स्वतन्त्रता सेनानीहरूले यस गीतलाई गाएर शहीद भए, त्यस्तै जोश आजका युवाहरूले विकसित भारत@2047 बनाउनको लागि देखाउनुपर्छ।
शिक्षा मन्त्रीले युवाहरूलाई प्रेरित गर्दै भने, स्वतन्त्रता संग्राममाा युवाहरूले अग्रणी भूमिका निर्वाह गरेका थिए र आज पुनः इतिहासले उनीहरूलाई पुकारिरहेको छ। यसपालि लक्ष्य स्वतन्त्रताको होइन, एक आत्मनिर्भर तथा विकसित भारत निर्माणको हो। ‘विकसित भारत युवा कनेक्ट कार्यक्रम’ यसै उद्देश्यले युवाहरूलाई राष्ट्रिय दृष्टिसित जोड़्ने, उनीहरूलाई सशक्त बनाउने औ देशको विकास यात्रामा सहभागी बनाउने मञ्च प्रदान गर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा