स्कूलको बरण्डामा भेटियो महिलाको शव, छोड़ेर भागेको आरोप प्रेमीमाथि
स्कूलको बरण्डामा भेटियो महिलाको शव, छोड़ेर भागेको आरोप प्रेमीमाथि


अलिपुरद्वार, 17 मार्च (हि.स.)। अलिपुरद्वार-1 ब्लकको पारपतलाखावा प्राथमिक विद्यालयको बरण्डामा मंगलवार बिहान एक जना महिलाको शव भेटिनाले क्षेत्रमा कोकोहोलो मचियो। मृत महिलाको पहिचान फूलो मुण्डा (35)-को रूपमा भएको छ।

आरोप छ, बिमारी अवस्थामा प्रेमी अर्जुन मुण्डाले उसलाई अस्पताल लैजानको सट्टा स्कूलको बरण्डामा छाड़ेर भाग्यो जसले गर्दा महिलाको उपचारको अभावमा मृत्यु भयो।

स्थानीय सूत्र अनुसार फूलो मुण्डा पिछल्लो एक वर्षदेखिको अर्जुनसित सम्बन्धमा थिइन् र दुवैले बिहारमा श्रमिकको काम गर्दै आइरहेका थिए। बिमार भएपछि अर्जुनले फूलोलाई फालाकाटा फर्काएर ल्यायो। गए सोमवार राति उसलाई उसकी बहिनी मालती मुण्डाको घरमा लगियो जहाँ बहिनीले अस्पताल लैजाने सल्लाह दिइन्। तर अर्जुनले उसलाई अस्पताल लैजानको सट्टा राति नै स्कूलको बरण्डामा छोड़ेर भाग्यो। राति आएको हुरी-बतास र वर्षाबीच उपचार नपाएर उसको मृत्यु भयो।

मंगलवार बिहान स्थानीय मानिसहरूले शवलाई देखेर पुलिसलाई सूचना दिए। सोनापुर चौकीको पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टम गर्नक लागि जिल्ला अस्पतालमा पठाइदिएको छ।

मृतकाकी दिदीले अर्जुनमाथि लापरवाही तथा मृत्युको लागि जिम्मेवार रहेको आरोप लगाउँदै कड़ा सजाय दिने माग गरेकी छे। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande