बेलदा रानीसराय : सड़क दुर्घटनामा व्यक्तिको मृत्यु
बेलदा रानीसराय : सड़क दुर्घटनामा व्यक्तिको मृत्यु


पश्चिम मेदिनीपुर, 17 मार्च (हि. स.)। बेलदा थाना अन्तर्गत रानीसराय क्षेत्रमा मंगलवार सबेरै भएको सड़क दुर्घटनामा एक जना व्यक्तिको मृत्यु भयो। उक्त व्यक्ति बेलदा थाना अन्तर्गत लालझुरी बस्तीका निवासी थिए।

स्थानीय सूत्र अनुसार बापी सारन बजारमा किनमेल गर्नका लागि घरबाट हिंड़ेका थिए। यसै अवधि 16 नम्बर राष्ट्रिय राजमार्ग पार गर्दा एक अज्ञात वाहनले उनलाई ठक्कर दिएर त्यहाँबाट भाग्यो। स्थानीय मानिसहरूले घटनाको सूचना पुलिसलाई दिए। सूचना पाउनसाथ घटनास्थलमा पगेको बेलदा थानाको पुलिसले गम्भीर रूपमा घाइते बापी सारनलाई बेलदा सुपर स्पेशलिटी अस्पतालमा भर्ती गरायो जहाँ डाक्ट्रहरूले तिनलाी मृत घोषित गरिदिए।

परिवार तथा स्थानीय मानिसहरू यस आकस्मिक मृत्युको खबर सुनेर शोकमा डुबेका छन्। मंगलवार बिहान बेलदा थाना पुलिसले मृतकको शवलाई पोस्टमार्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइदियो।

पुलिसले घटनामा सामेल वाहन चालकलाई चिन्हित गरी पक्राउ गर्ने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande