
कोलकाता, 17 मार्च (हि.स.)। दक्षिण कोलकाताको हरिदेवपुर क्षेत्रमा एक बुजुर्ग दम्पत्तिको शव उनीहरूको भाड़ाको घरमा गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। यस घटनाको कारणले क्षेत्रमा सन्6ाष फैलिएको छ। पुलिसले घटनास्थलबाट सुसाइड नोट जफत गरेको छ जसमा घर मालिकको परिवारमाथि मानसिक दबाव दिएको आरोप लगाइएको छ।
मृतकहरूको पहिचान विकास दास (72) र उनकी पत्नी बसन्ती दास (63)- को रूपमा भएको छ। गए सोमवार राती दुवैको शवलाई उनीहरूको भाड़ाको घरमा उद्धार गरियो।
पुलिस अनुसार बसन्ती दासको शव घरको बालकनीमा छतको पंखामा झुण्डिरहेको थियो भने विकास दासको शव नजिकै कोठाको पंखामा झुण्डिरहेको थियो। दुवैले एउटै साड़ीको गलफन्दा बनाएर झुण्डिएका थिए।
पुलिसको प्रारम्भिक जाँंचमा थाहा लागे अनुसार दम्पत्ति पछिल्लो दुई वर्षदेकिको दासपाड़ा क्षेत्रमा भाड़ाको घरमा बस्दै आइरहेका थिए। बसन्ती दासले घरेलु हेरचाहको काम गर्दथिइन् भने विकास दासले जमीन र सम्पत्ति किनमेलको सम्बन्धमा बिचौलीको काम गर्दथे। पछिल्लो लगभग आठ महिनादेखिको उनीहरू आर्थिक संकटसित जुझिरहेका थिए।
कोलकाता पुलिसका एकजना वरिष्ठ अधिकारी अनुसार “परिवारले आर्थिक संकटको सामना गरिरहेको थियो जसकारम भाड़ा बाँकी रहेको थियो होला। आरोप छ, घर मालिक्नी बुला पालले भाड़ाको लागि दबाव दिने गर्दथिन्।”
सुसाइड नोटमा विकास दासले घर मालिकको परिवारका अन्य सदस्यहरूलाई पनि आत्महत्याको लागि जिम्मेवार ठहराएका छन्। मृतकहरूको आफन्तको आदारमा पुलिसले आत्महत्याको लागि उक्साएको मामिला दर्ता गरी जाँच शुरू गरेको छ। तथापि मंगलवार बिहान यो समाचार लेखुञ्जेलसम्म यस मामिलामा कसैलाई पक्राउ गरिएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा