दिलीप घोषले भरोसा दिलाए- लक्ष्यभन्दा अधिक भोटले जीत हुनेछ
दिलीप घोषले भरोसा दिलाए- लक्ष्यभन्दा अधिक भोटले जीत हुनेछ


कोलकाता, 17 मार्च (हि. स.)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउलाई लिएर भारतीय जनता पार्टी (भाजपा) नेता दिलीप घोषले गहिरो आशा व्यक्त गरे। उनले भने, यसपालि उनको लक्ष्य पछिल्लो चुनाउको तुलनामा अधिक भोटले जीत हासिल गर्नु हो।

खड़गपुर सदर विधानसभा क्षेत्रबाट पार्टी उम्मेद्वार घोषित दिलीप घोषले भने, पार्टीले उनीमाथि भरोसा गरेर उ नलाई उम्मेद्वार बनाएको छ जसको लागि उनी आभारी छन्। मंगलवार बिहान मीडियासित बातचित गर्दै उनले भने, पार्टीले महसूस गऱ्यो कि मलाई उम्मेद्वार बनाउनु पर्छ, त्यसैले यो घोषणा गरियो। हामीले पार्टी कार्यकर्ताको रूपमा यसलाई स्वीकार गर्नुपर्छ अनि चुनाउमा जीत सुनिश्चित गर्नुपर्छ। हाम्रो लक्ष्य हो पछिल्लो चुनाउमा भाजपाले जति भोट हासिल गरेको थियो, त्योभन्दा अधिक भोट हासिल गरेर विजय हुने।

उल्लेखनीय छ, भाजपाले सोमवार पश्चिम बंगाल विधानसभा चुनाउको पहिलो चरणको लागि आफ्नो उम्मेद्वारहरूको सूची जारी गरिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande