दिल्ली आइपुग्दा नितिन नवीनलाई भाजपा नेता तथा कार्यकर्ताहरूले स्वागत गरे
दिल्ली आइपुग्दा नितिन नवीनलाई भाजपा नेता तथा कार्यकर्ताहरूले स्वागत गरे


नयाँ दिल्ली, 17 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीन बिहारबाट राज्यसभामा निर्वाचित भएपछि आज पहिलो पटक दिल्ली आउँदा उनलाई मुख्यमन्त्री रेखा गुप्ता र प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवा सहित प्रदेशका नेताहरूले हवाईअड्डामा स्वागत गरे।

दिल्ली हवाईअड्डामा स्वागत गर्नेहरूमा केन्द्रिय राज्य मन्त्री हर्ष मल्होत्रा, सांसद मनोज तिवारी, योगेन्द्र चाँदोलिया औ बाँसुरी स्वराज सहित केही प्रमुख नेताहरूको उपस्थिति रह्यो। यस अतिरिक्त दिल्ली सरकारका मन्त्री मनजिन्दर सिंह सिरसा, आशिष सूद तथा रविन्द्र इन्द्राज सिंहले पनि उनलाई स्वागत गरे।

दिल्ली नगरनिगममा सदनका नेता प्रवेश वाहीले पनि उनलाई स्वागत गरे। ठूलो संख्यामा उपस्थित भाजपा कार्यकर्ताहरूले नाराबाजी तथा पुष्प वर्षा गरी आफ्ना नेताप्रति उत्साह अनि समर्थन व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande