असम कंग्रेसलाई झट्का, सांसद प्रद्युत बोरदोलाईले पार्टीबाट दिए राजीनामा
असम कंग्रेसलाई झट्का, सांसद प्रद्युत बोरदोलाईले पार्टीबाट दिए राजीनामा


गुवाहाटी, 18 मार्च (हि.स.)। असम विधानसभा चुनाउ- 2026 पूर्व एक महत्वपूर्ण राजनीतिक घटनाक्रममा कंंग्रेसका वरिष्ठ नेता तथा लोकसभा सांसद प्रद्युत बोरदोलाईले भारती राष्ट्रिय कंग्रेसबाट राजीनामा दिएका छन्। यसबाट प्रबल संकेत पाइरहेको छ कि उनी चाँड़ै भारतीय जनता पार्टी (भाजपा)-मा सामेल हुन सक्नेछन् र हाई-प्रोफ़ाइल दिसपुर विधानसभा क्षेत्रबाट चुनाउ लड़्नसक्नेछन्। बोरदोलाईले आफ्नो राजीनामा गए राती कंग्रेसको हाई कमानलाई प्रेषित गरेका छन्।

राजीनामा दिएपछि मीडियासित बातचित गर्दै आफ्नो पहिलो प्रतिक्रियामा बोरदोलाईले बुधवार भने, पछिल्लो एक वर्षदेखिको कंग्रेसले मलाई होच्याउने चेष्टा गरिरहेको थियो। पार्टीमा हुँदा पनि म एक्लै भएको थिएँ।

बोरदोलोईको यस कदमबाट कंग्रेसलाई चुनाउको समयमा ठूलो आघात पुगेको छ। से कांग्रेस को चुनावों के दौरान एक बड़ा आघात लगा है। केही दिनअघि असम प्रदेश कंग्रेस अध्यक्ष भूपेन कुमार बोराले पनि कंग्रेसबाट राजीनामा दिएर भाजपामा सामेल भएका थिए। यसरी नै अन्य प्रभावशाली नेता तथा कार्यकर्ताहरूले पनि कंग्रेसबाट राजीनामा दिसकेका छन् जसबाट कग्रेसको चुनावी तयारी प्रभावित भएको छ।

यो घटनाक्रम असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाद्वारा बोरदोलोईलाई सार्वजनिक रूपमा भाजपामा सामेल हुने निम्ति दिइएपछि बाहिरिएको छ। यसअघि पत्रकारहरूसित कुराकानी गर्दै डा.सरमाले गए मंगलवार नयाँ दिल्लीमा भनेका थिए, उनले कंग्रेस नेतासित व्यक्तिगत रूपमा सम्पर्क गरेका छैनन्, तर उनको मान्यतामा बोरदोलोईलाई अब कंग्रेसमा कायम रहने आवश्यकता महसूस भइरहेको छैन होला। उनले यो पनि संकेत दिएका थिए, भाजपाले बोरदोलोईलाई त्यस्तै सम्मान दिनेछ जस्तो उसले असमका वरिष्ठ नेता भूपेन बोरालाई दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande