
कोलकाता, 18 मार्च (हि.स.)। उत्तर 24 परगना जिल्लाको आमडांगाबाट तीन पटकसम्म तृणमूल कंग्रेसका विधायक रहिसकेका रफिकुर रहमानले बुधवार पार्टी नेतृत्वसित आफ्नो स्थानमा नयाँ उम्मेद्वारलाई मैदानमा उतार्ने फसेलामाथि पुनर्विचार गर्ने अपील गरे।
पार्टीद्वारा यस सीटबाट पीरजादा कासेम सिद्दीकीलाई उम्मेद्वार घोषित गरिएपछि विरोध प्रदर्शन शुरू भएको छ। रहमानका समर्थकहरूले आमडांगा-काकिनारा मार्गलाई जाम गरिदिए, टायर बाले तथा उनको समर्थनमा तथा पार्टीको पक्षमा नाराबाजी गरे।
रफिकुर रहमानले भने, म पार्टी नेतृत्वसित आफ्नो निर्णयमाथि पुनर्विचार गर्ने अनुरोध गर्दछु। उनले यो पनि भने, उनी पार्टीका एकजना समर्पित कार्कर्ता हुन् र सदैव रहनेछन्।
उनले उम्मेद्वार फेरिेपछि यस सीटमा पार्टीको सम्भावनालाई लिएर आशंका व्यक्त गर्दै भने, “मलाई थाहा छैन कि यसपालि हामी कति सफल हुनेछौं।” उनले दाबी गरे, पार्टी कार्यकर्ताहरू सहित आम मानिसहरू पनि नयाँ उम्मेद्वारको समर्थनमा छैनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा