अखिल गोगोईले 20 मार्चमा शिवसागरबाट नामांकन दर्ता गराउने
अखिल गोगोईले 20 मार्चमा शिवसागरबाट नामांकन दर्ता गराउने


शिवसागर (असम), 18 मार्च (हि.स.)। असमको क्षेत्रीय पार्टी राइजर दलका नेताहरूले बुधवार शिवसागरमा रिटर्निंग अफिसरबााट पार्टी विधायक अखिल गोगोईको नामांंकन पत्र लिए। यस प्रक्रिया अवधि पार्टीका केन्द्रिय तथा जिल्ला दुवै स्तरका पदाधिकरीहरू उपस्थित थिए जसबाट शिवसागर विधानसभा क्षेत्रबाट गोगोईको चुनावी अभियानको औपचारिक शुरूआत हुने संकेत पाइन्छ। यस अवधि पार्टी नेताहरूले बताए, अखिल गोगोईले आगामी 20 मार्चमा आफ्नो नामांकन दर्ता गराउने छन्।

राइजर दलका एकमात्र विधायक अखिल गोगोई जसले यस क्षेत्रको प्रतिनिधित्व गर्दछन्,-लाई विधानसभामा कुनै पनि मुद्दामा आफ्नो कुरा राख्नमा सक्रिय नेताको रूपमा चिनिन्छ। उनको कार्यकालमा लगातार धरातलीय मुद्दासित जोड़िएको देखियो जसबाट पार्टीको मान्यता छ, यस क्षेत्रमा उनको स्थिति अझ मजबुत भएको छ।

राइजर दलका नेताहरूले भरोसा व्यक्त गरे, शिवसागरमा गोगोई सामु कुनै पनि ठूलो चुनौती छैन, उनले सहजै जीत हासिल गर्नेछन्। पार्टीले अन्य क्षेत्रहरूमा पनि आफ्नो सम्भावनालाई लिएर आशा व्यक्त गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande