
श्रीभूमि (असम), 18 मार्च (हि.स.)। श्रीभूमि जिल्ला शहरमा बिजुलीको खम्बामा काम गर्दा-गर्दै अचानक लक्ष्मण चक्रवर्ती नामक विभागीय कर्मीको बिजुलीको सम्पर्कमा परेर मृत्यु भयो। दुर्घटनापछि बिजुली कर्मीलाई तुरून्तै श्रीभूमि सरकारी अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।
बुधवार मृतकको परिवारले बताएको छ, जसबम्म विभागीय अधिकारीहरू घटनास्थलमा आउँदैनन् तबसम्म उनीहरूले शवलाई स्वीकार गर्ने छैनन्। यता करिमगञ्ज सदर अस्पतालमा कसले मृतकको शवलाई पुऱ्याएको थियो, यस बारेमा पनि कुनै जानकारी छैन। घटनास्थलमा पुगेको श्रीभूमि पुलिसले जाँच जारी राखेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा