
कोलकाता, 18 मार्च (हि. स.)। आगामी 20 र 21 मार्चमा पश्चिम बंगालका अधिकांश जिल्लाहरूमा अनुकूल मौसम परिस्थिति तथा बंगालको खाड़ीबाट मजबुत नमी प्रवेश गरेको कारणले वर्षा हुने सम्भावना छ।
बुधवार भारत मौसम विज्ञान विभाग (आईएमडी)-ले बतायो, आगामी 20 मार्चमा बाँकुड़ा, पुरुलिया र पश्चिम बर्दवानका पश्चिमी जिल्लाहरूमा असिना पानी पर्ने सम्भावना छ भने 21 मार्चमा उत्तर बंगालका दार्जीलिङ र जलपाईगुड़ीमा पनि असिना पानी पर्नसक्छ।
आईएमडीले आगामी 20 र 21 मार्चमा राज्यका केही जिल्लाहरूमा हुरी, बज्रपात हुने पूर्वानुमान व्यक्त गरिएको छ। आईएमडी अनुसार बुधवारदेखि 23 मार्चसम्म राज्यका केही जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
पर्यटनस्थल दार्जीलिङमा बुधवार बिहान न्यूनतम तापमान 7.6 डिग्री सेल्सियस दर्ता गरियो जुन राज्यमै सबभन्दा कम हो।
कोलकातामा न्यूनतम तापमान 24.2 डिग्री सेल्सियस दर्ता गरियो भने मौसम विभागले बिहीवार बिहानसम्म शहरमा आंशिक रूपमा बादल लाग्ने पूर्वानुमान लगाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा