बेलदाबाट रमा प्रसाद गिरीको जनसम्पर्क अभियान आरम्भ
बेलदाबाट रमा प्रसाद गिरीको जनसम्पर्क अभियान आरम्भ


मेदिनीपुर, 18 मार्च (हि. स.)। वरिष्ठ एवं सम्मानित नागरिकहरूको आशीर्वाद लिँदै भारतीय जनता पार्टी (भाजपा)- का प्रत्याशी रमा प्रसाद गिरीले आफ्नो चुनाउ प्रचार अभियान शुरू गरे। बुधवार प्रातःदेखि नै नारायणगढ़ विधानसभा अधिनस्थ बेलदा क्षेत्रमा उनले बुजुर्ग अनि प्रतिष्ठित व्यक्तिहरूको आवासमा पुगेर उनीहरूबाट आशीर्वाद लिए। पूजा-अर्चना एवं प्रणाम उपरान्त उनले औपचारिक रूपमा आफ्नो प्रचार अभियान शुरू गरे।

यस अवधि रमा प्रसाद गिरीलााई बेलदा ग्राम पञ्चायतका विभिन्न क्षेत्रहरूमा संचालित जनसम्पर्क अभियानमा सक्रिय देखियो। उनले आम मानिसहरूसित भलाकुसारी गर्दै उनीहरूको समस्या अनि मागहरू सुने तथा विकास गर्ने भरोसा दिलाए। लगातार जनताबीच सक्रिय रहँदै आएका कारणले उनको जनसम्पर्क धेरै दह्रिलो रहेको बताइँदैछ। स्थानीय मानिसहरूको भनाइ छ, उनी पहिलादेखि क्षेत्रमा सक्रिय नेता हुन्। यसपालि नारायणगढ़बाट तृणमूलले प्रतिभा रानी माइतीलाई मैदानमा उतारेको छ।

स्थानीय समाजसेवक दुलाल मान्नाले बताए, रमा प्रसाद गिरी सदैव मानिसहरूबीच रहन्छन्, त्यसैले हामी आफ्नो कुरा सहजै उनी समक्ष राख्न सक्छौं।

अर्का ग्रामीण मत्स्य व्यासायीले बताए, “हामीलाई आशा छ यसपालि क्षेत्रमा विकास काकर्य अझ तीव्र गतिमा हुनेछ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande