आईआईटी खड़गपुरको पुरूलियामा विद्यालय सम्पर्क कार्यक्रम आयोजित
आईआईटी खड़गपुरको पुरूलियामा विद्यालय सम्पर्क कार्यक्रम आयोजित


खड़गपुर, 18 मार्च (हि.स.)। भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) खड़गपुरको प्लेटिनम जयन्ती समारोह अन्तर्गत पुरुलियामा एक विद्यालय सम्पर्क कार्यक्रमको सफल आयोजन गरियो। यो पहल संस्थानको शैक्षणिक पहुँचलाई सुदृढ़ बनाउन तथा समावेशी शिक्षालाई प्रेरित गर्ने उसको प्रतिबद्धतालाई दर्शाउँछ।

यस कार्यक्रमको उद्देश्य कक्षा 7-देखि 10 सम्मका विद्यार्थीहरूलाई प्राकृतिक भाषाको आँकड़ाको विश्लेषणको मूलभूत अवधारणाहरूदेखि परिचित गराउनु तथा भाषा प्रौद्योगिकीप्रति उनीहरूको बुझाईलाई विकसित गर्नु थियो।

यो कार्यक्रम बाघमुण्डी उच्च विद्यालय (एच.एस.) तथा रामकृष्ण मिशन विद्यापीठमा आयोजना गरियो जहाँ विद्यार्थीहरूले उत्साहपूर्वक भाग लिए। कार्यशालामा विद्यार्थीहरूलाई प्राकृतिक भाषाको आँकड़ा संग्रह, आँकड़ाको सत्यापन तथा बहुभाषी आँकड़ाको माध्यमबाट प्रतिरूप (मोडल) प्रशिक्षणको व्यावहारिक जानकारी दिइयो। उनले लुप्तप्राय भाषाहरू, भाषा पारिस्थितिकीको बारेमा शिक्षा तथा बंगला एवं अन्य स्थानीय भाषाहरूमा भाषा सम्बन्धि समस्याहरूलाई हल गरियो।

कार्यक्रमको समन्वयन एवं संचालन डा. द्रिप्ता पिपलाई (मण्डल) तथा डा. बोरनिनी लाहिड़ी, मानविकी एवं सामाजिक विज्ञान विभाग, आईआईटी खड़गपुरद्वारा गरियो। कार्यक्रममा आमन्त्रित वक्ताहरू डा. रितेश कुमार तथा प्रोफेसर बिस्वजीत रेले आफ्नो विशेषज्ञ विचारहरूबाट समृद्ध बनाए।

संस्थान महुआ बसाक तथा स्वामी शिवप्रदानन्दप्रति उनीहरूको सहयोग र समर्थनको लागि हार्दिक आभार व्यक्त गर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande