
नयाँ दिल्ली, 18 मार्च (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक तथा दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको पालममा भएको घटनामाथि गहिरो चिन्ता व्यक्त गरे। उनले घटनालाई भयानक बताउँदै सरकारसित कारबाही गर्ने माग गरे।
केजरीवालले बुधवार सोशल मीडिया प्लेटफम एक्स पोस्टमा लेखे, दिल्लीको पालममा भएको यो घटना अत्यन्त दुःखदायी छ। पीड़ित परिवारप्रति गहिरो संवेदना। ईश्वरवे दिवंगत आत्माहरूलाई शान्ति प्रदान गरुन्।
केजरीवालले भने, राजधानीमा लगातार भइरहेको आगलागीका घटनाहरू चिन्ताको विषय बन्न पुगेको छ। साँघुरो गल्ली, एका-अर्कासित टाँसिएका बहुतले भवनहरू तथा अपर्याप्त सुरक्षा व्यवस्थाले यस जोखिमलाई अझ् बढ़ाएको छ। यस घटनामाथि सरकारले तत्काल ठोस कदम उठाउन आवश्यक छ।
उल्लेखनीय छ, दिल्लीको पालम मेट्रो स्टेशन निकट बहुतले भवनमा आगो लाग्यो जसमा अहिलेसम्ममा सात जना मानिसहरूको मृत्यु भइकेको छ भने धेरैजना घाइते भएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा