
जलपाईगुड़ी, 18 मार्च (हि. स.)। विधानसभा चुनाउपूर्व पश्चिम बंगालको राजगञ्जमा राजनीतिक हावा तातिएको छ। चार पटकसम्म विधायक रहेका खगेश्वर रायलाई टिकट नदिइएको कारणले राजनीतिक जगतमा चर्चा चुलिएको छ। यस सन्दर्भमा पार्टी नेता तथा जलपाईगुड़ी सदर सीटका उम्मेद्वार कृष्ण दासले भने, राजगञ्ज क्षेत्रमा तृणमूल भारी मतले जीत दर्ता गर्नेछ। उनले कटाक्ष गर्दै भने, जसलाई पार्टीले टिकट दिएन, उ आफ्नै बूथमा हारिसकेको छ।
यता राजगञ्ज सीटबाट पार्टी उम्मेद्वार स्वपना बर्मनक समर्थनमा एक विशाल ऱ्याली निकालियो। ऱ्यालीपूर्व कृष्ण दासको आवासमा उनलाई स्वागत गरियो जसपश्चात त्यहाँबाट ऱ्याली शुरू भयो।
यो बाइक ऱ्याली राजगञ्जका विभिन्न क्षेत्रहरूबाट गुज्रियो जहाँ ठूलो संख्यामा कार्यकर्ता तथा समर्थकहरू सामेल भए। कार्यक्रम अवधि कार्यकर्ताहरूमा उत्साह देखियो भने कार्यकर्ताहरूले आगामी चुनाउमा ठूलो जीत हुने भरोसा दिलाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा