भ्रष्टाचारविरुद्ध तवांगमा ऱ्याली निकालियो
भ्रष्टाचारविरुद्ध तवांगमा ऱ्याली निकालियो


इटानगर, 18 मार्च (हि.स.)। भ्रष्टाचारको विरोधमा आवाज उठाउँदै अरुणाचल प्रदेशको तवांग जिल्लाका सयकड़ौं मानिसहरूले गए मंगलवार लोक निर्माण विभाग (पीडब्ल्यूडी)- को तवांग डिभीजनद्वारा संचालित निविदा प्रक्रियाहरूमा कथित भ्रष्टाचार, प्रक्रियात्मक अनियमितता औ पारदर्शिताको अभावविरूद्ध शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै ऱ्याली निकाले।

यो ऱ्याली बुद्ध प्रतिमादेखि शुरू भयो जहाँबाट ऱ्याली अगाड़ि बढ़्दै पीडब्ल्यूडीको कार्यकारी अभियन्ताको कार्यालय तथा उपायुक्त कार्यालय तर्फ बढ़्यो। प्रदर्शनकारीहरूले राज्य अवसंरचना विकास कोष (एसआईडीएफ), ग्रामीण इञ्जीनियरिंग (आरई) औ अन्य योजनाहरू अन्तर्गत कड़ोरौं रुपियाँको ठेका दिनमा अप्नाइरहेको अपरादर्शी प्रक्रियाहरूको कड़ा विरोध गरे।

प्रदर्शनकारीहरू अनुसार हालैका केही निविदाहरू उचित दिशानिर्देश पालन नगरी तथा पारदर्शिता सुनिश्चित नगरी जारी गरियो। एक प्रमुख सिकायत यो पनि थियो, तवांग निर्वाचन क्षेत्रमा भइरहेका विकास कार्य तथा प्रस्तावहरूको बारेमा स्थानीय विधायकलाई कथितरूपमा ओझेलमा राखिएको थियो जसबाट जवाफदेही र जनप्रतिनिधित्व कमजोर भइरहेको छ।

यस ऱ्यालीको मुख्य उद्देश्य यो सुनिश्चित गर्नु थियो कि क्षेत्रमा सबै विकासमूलक गतिविधिहरूमा निर्वाचित प्रतिनिधिहरूको जानकारी तथा सहभागिता सामेल होस् ताकि जनहितको रक्षा गर्न सकियोस्। प्रदर्शनकारीहरूले पीडब्ल्यूडी तवांग डिभीजनसित कार्यकारी अभियन्ता तादार न्याकपु र सहायक अभियन्ता जुम्पे एटेलाई तत्काल स्थानान्तरण गर्ने माग गरे। उनीहरूले कार्यकारी अभियन्ता र सहायक अभियन्ताविरूद्ध विभागीय जाँचको माग समेत गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande