
सिलगढ़ी, 18 मार्च (हि.स.)। विधानसभा चुनाउलाई लिएर पश्चिम बंगालमा राजनीतिक गतिविधि तीव्र भएको छ। यसैबीच माटीगाड़ा-नक्सलबाड़ी विधानसभा क्षेत्रबाट तृणमूल उम्मेद्वार शंकर मालाकारको नाम घोषणा भएको भोलिपल्ट बुधवारदेखि उनले चुनाउ प्रचार शुरू गरे।
शंकर मालाकारले नक्सलबाड़ीको अटल चिया बगानमा पुगेर श्रमिकहरूमाझ जनसम्पर्क गर्दै उनीहरूसित समर्थन अनि भोटको अपील गरे। उनले चिया बगानका श्रमिकहरूसित एउटा ऱ्याली पनि निकाले। यस अवधि शंकर मालाकारले भने, ममता ब्यनर्जी सरकारका विकास योजनाहरू घर-घरसम्म पुगिसकेको छ। उनले आरोप लगाए, भाजपा विधायकले क्षेत्रमा कुनै विशेष काम गरेनन्।
तृणमूल प्रत्याशीले दाबी गरे, यसपालि चुनाउमा भाजपा पूर्ण रूपले च्युत हुनेछ। उनको यस बयानपछि माटीगाड़ा-नक्सलबाड़ी क्षेत्रमा राजनीतिक प्रतिस्पर्धा अझ तीव्र हुने संकेत देखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा