
उत्तर दिनाजपुर, 18 मार्च (हि. स.)। जिल्लाको इस्लामपुरमा बुधवार बिहान भएको पीड़ादायी सड़क दुर्घटनामा दुई जना मानिसहरूको मृत्यु भयो। दक्षिण कांचना क्षेत्रमा दुई वटा बाइक आपस्तमा भिड़िएर यो दुर्घटना भएको हो।
मृतकहरूको पहिचान मोहम्मद अनवारुल र मजहर आलमको रूपमा भएको छ। मजहर आलम धनतला निवासी थिए भने अनवारुल ग्वालपोखर थाना क्षेत्रको साहापुर ग्राम पञ्चायत अन्तर्गत डोपकूलका निवासी थिए।
प्राप्त जानकारी अनुसार तिनी आफ्ना दुई जना छोरीहरूलाई लिएर बाइकमा इस्लामपुर अस्पतालमा गइरहेका थिए जहाँ उनको एक जना छोरीको डायलिसिस हुनुथ्यो। यसै क्रममा विपरीत दिशाबाट आइरहेको मजहरको बाइकसित उनको बाइक ठोक्कियो। यस भयानक ठक्करमा चालक र सवार सड़कमा लड़े। स्थानीय मानिसहरूले तुरून्त घाइतेहरूलाई अस्पतालमा पुऱ्याए, तर डाक्टरहरूले दुवैलाई मृत घोषित गरिदिए। घटनाको खबर पाउनसाथ परिवारका सदस्यहरू अस्पतालमा पुगे जहाँ शोक व्याप्त भएको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा