कोलकाता पुलिसले अवैध हतियार जफत गर्नको लागि निगरानी बढ़ायो
कोलकाता पुलिसले अवैध हतियार जफत गर्नको लागि निगरानी बढ़ायो


कोलकाता, 18 मार्च (हि.स.)। आगामी विधानसभा चुनाउपूर्व कोलकाता पुलिसले शहरमा कानून व्यवस्थालाई कायम राख्नको लागि कड़ा कदम उठाउन शुरू गरेको छ। विशेष रूपमा अवैध हतियारहरूको पहिचान गरी त्यसलाई जफत गर्नेमाथि बल दिइँदैछ।

नयाँ पुलिस आयुक्त अजय कुमार नंन्दले पदभार ग्रहण गरेपछि शहरका सबै थाना प्रभारी तथा सम्भागीय उपायुक्तहरूलाई केही महत्वपूर्ण निर्देश जारी गरिएको छ। एकजना वरिष्ठ पुलिस अधिकारीले बुधवार बताए, चुनाउपूर्व शहरमा रहेको सबै अवैध हतियारहरूको पहिचान गरी त्यसलाई चाँड़ै जफत गर्ने निर्देश दिइएको छ।

पुलिसलाई विशेष गरी संवेदनशील क्षेत्रहरूमा निगरानी बढ़ाउन भनिएको छ जसान्तर्गत भांगर सम्भाग सहित केही महत्वपूर्ण क्षेत्रहरूमा अतिरिक्त सतर्कता अप्नाउने निर्देश दिइएको छ। सबै थानाहरूलाई गुप्त सूचनाको आधारमा छापामारी गर्ने अनि असामााजिक तत्वहरूलाई अवैध हतियार जमा गर्न वा त्यसक उपयोग गर्ने कुनै पनि अवसर नदिनको लाागि सक्रिय कारबाही गर्न भनिएको छ।

वरिष्ठ अधिकारीहरूको निर्देशमा शहरका सबै थानाहरूसँगसँगै सुराकी विभागका टीमहरू पनि सक्रिय भएका छन्। विभिन्न क्षेत्रहरूमा अवैध हतियार जफत गर्नको लागि विशेष अभियान संचालन गरिँदैछ।

पुलिसको एक वर्गको मान्यता छ, चुनाउ नजिकिँदै गएपछि असामाजिक तत्वहरूले अवैध हतियारहरूको उपयोग गर्ने आशंका बढ़्छ। यसैलाई ध्यानमाराखेर सतर्कताको रूपमा यो कदम उठाइएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande