
कोलकाता, 18 मार्च (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 को लागि सत्तारूढ़ तृणमूल कंग्रेसले आफ्ना उम्मेद्वारहरूको सूचीमा 47 जना मुस्लिम प्रत्याशीहरूलाई स्थान दिएको छ। राजनीतिक विश्लेषकहरू अनुसार यो फसेला राज्यको महत्वपूर्ण अल्पसंख्यक भोट ब्यांकलाई ध्यानमा राखेर लिइएको हो। गए मंगलवार साँझ नै मुख्यमन्त्री ममता ब्यनर्जीले सबै उम्मेद्वारहरूको सूची जारी गरिसकेकी छन्।
वर्ष 2011- को जनगणना अनुसार पश्चिम बंगालको मोठ जनसंख्यामा लगभग 27 प्रतिशत मुस्लिम समुदायका मानिसहरू छन्। राज्यको लगभग 75 वटा विधानसभा सीटमा मुस्लिम मतदाताले चुनाउ परिणाम तय गर्नमा महत्वपूर्ण भूमिका निभाउँछ। यस अतिरिक्त अन्य लगभग 50 वटा सीटमा पनि यिनीहरूको संख्यालाई प्रभावशाली मानिन्छ।
सूत्र अनुसार तृणमूल कंग्रेसले यसै सामाजिक समीकरणलाई ध्यानमा राख्दै 291 जना घोषित उम्मेद्वारहरूमध्ये 47 जना मुस्लिम अनुहारहरूलाई अवसर दिएको छ।अर्कोतिर भारतीय जनता पार्टी (भाजपा)- को पहिलो उम्मेद्वार सूचीमा एकजना पनि मुस्लिम उम्मेद्वारलाई स्थान दिइएको छैन जसलाई तृणमूलले चुनाउ प्रचारमा मुद्दा ब नाउनसक्छ।
राज्यको मुर्शिदाबाद र मालदा जिल्लाका केही सीटहरूमा मुस्लिम मतदाताहरूको निर्णायक प्रभाव मानिन्छ। यस अतिरिक्त उत्तर अनि दक्षिण 24 परगना तथा उत्तर दिनाजपुरका कतिपय क्षेत्रहरूमा पनि अल्पसंख्यक मतदाताहरूले चुनावी प्रतिस्पर्धालाई प्रभावित पार्दछन्।
राजनीतिक जानकारहरूको मान्यता छ, तृणमूल कंंग्रेसले यस रणनीतिको माध्यमबाट आफ्नो पारम्परिक अल्पसंँख्यक समर्थन आधारलाई अझ बलियो बनाउन चाहन्छ साथै चुनाउमा यसको लाभ लिने चेष्टा गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा