
कोलकाता, 18 मार्च (हि. स.)। भारतीय जनता पार्टी (भाजपा) पश्चिम बंगाल एकाईद्वारा सल्ट लेकस्थित पार्टी कार्यालयमा बुधवार एक प्रेस कन्फ्रेन्स आयोजना गरियो जसमा पार्टीका मुख्य प्रवक्ता देवजित सरकारले राज्यको वर्तमान राजनीतिक स्थितिमाथि टिप्पणी गरे।
प्रेस कन्फ्रेन्समा उनले भने, हालैमा जारी तृणमूल कंग्रेसका उम्मेद्वारहरूक सूची राजनीतिक स्थितिको महत्वपूर्ण प्रतिबिम्ब हो। सूचीमा केही विवादित तथा आरोपहरूमा घेरिएका व्यक्तिहरूलाई फेरि उम्मेद्वार बनाइएको छ।
उनले आरोप लगाए, लामो समयदेखिको प्रशानिक भ्रष्टाचार तथा राजनीतिक प्रभावको आरोप लागेको भए पनि ती अनुहारहरूलाई नै पुनः अवसर दिइएको छ। साथै उनले भने, तृणमूल कंंग्रेसले पार्टी र प्रशासनबीचको सीमानालाई मेटिदिएको छ जसबाट प्रशासनिक निष्पक्षता प्रभावित भएको छ साथै लोकतान्त्रिक ढाँचा कमजोर भएको छ।
डीए (महँगी भत्ता)- को मुद्दामा राज्य सरकारको आलोचना गर्दै उनले भने, सुप्रीम कोर्टले निर्देश दिएको भए पनि बाँकी राशि भुक्तान गरिरहेको छैन र यसलाई किस्तामा दिने योजना बनाइरहेको छ जुन कर्मचारीहरूमाथि अन्याय हो।
देवजित सरकारले दाबी गरे, केही सरकारी संस्थानहरू, पञ्चायत औ नगरपालिकाहरूका कर्मचारीहरूले अहिलेसम्म डीएलाई लिएर कुनै स्पष्ट लाभ पाएका छैनन् जसले गर्दा मामिलालाई “विचाराधिन” राखिएको छ। उनले भने, भारतको निर्वाचन आयोगद्वारा संविधानको अनुच्छेद 324 अन्तर्गत प्रशासनिक स्तरमा गरिरहेका परिवर्तन निष्पक्ष र स्वतन्त्र चुनाउको लागि आवश्यक छ। लामो समयदेखिकै प्रशासन तथा सत्तारूढ़ दलबीच अन्तर समाप्त भएको थियो, त्यसैले यो कदम महत्वपूर्ण छ।
उनले भने, राज्यमा कानून-व्यवस्था र लोकतान्त्रिक माहोल बहाल गर्नको लागि चुनाउ प्रक्रिालाई हिंसामुक्त बनाउन आवश्यक छ जसको जिम्मेवारी निर्वाचन आयोगको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा