पश्चिम बंगालमा भारी मात्रामा विस्फोटक भेटियो, बीरभूममा ट्र्याक्टर जफत
पश्चिम बंगालमा भारी मात्रामा विस्फोटक भेटियो, बीरभूममा ट्र्याक्टर जफत


कोलकाता, 18 मार्च (हि.स.)। पश्चिम बंगालमा विधानसभा चुनाउको अधिसूचना जारी भएको केही दिनपछि नै बीरभूम जिल्लाबाट बारी मात्रामा विस्फोटक जफत भएको घटनाले कोकोहोलो मचाएको छ। पुलिसले बुधवार सो जानकारी गरायो।

प्राप्त जानकारी अनुसार गए मंगलवार राती बीरभूमको नलहाटी थाना क्षेत्रस्थित कदासिर गाउँमा ग्रामीणहरूले विस्फोटकहरूले लादिएको एउटा ट्र्याकलाई रोके। उनीहरूले यसको सूचना पुलिसलाई दिए। सूचनापछि पुलिस घटनास्थलमा पुग्यो अनि ट्र्याक्टरसितै विस्फोटकहरूलाई जफत गऱ्यो।

पुलिस अनुसार जफत गरिएका विस्फोटकहरूमा लगभग 10 हजार जिलेटिनको छड़ र 360 डेटोनेटर सामेल छन्। तथापि यस मामिलामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन।

स्थानीयहरू अनुसार विस्फोटक लादिएको ट्र्याक्टर गए मंगलवार राती गाउँको सड़क भएर गुज्रिरहेको थियो। शंका लागेर ग्रामीणहरूले वाहनलाई रोके। स्थितिलाई बुझ्नसाथ ट्र्याक्टर चालक घटनास्थलबाट भाग्यो।

ग्रामीणहरूले ट्र्याक्टरको जाँच गर्दा त्यसमा प्रचुर मात्रामा विस्फोटक थियो।

पुलिसले सबै विस्फोटकहरूलाई कब्जामा लिएर जाँच शुरू गरेको छ।

अब यो प्रश्न उठिरहेको छ कि विस्फोटकहरूलाई कहाँ लगिरहेको थियो, कुन उद्देश्यले लगिरहेको थियो र यसलाई कहाँ पुऱ्याउनु थियो? चुनावी पृष्ठभूमिमा यसरी प्रचुर मात्रामा विस्फोटक भेटिनाले क्षेत्रमा व्यापक भय व्याप्त भएकोछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande