
झाड़ग्राम, 18 मार्च (हि. स.)। जिल्लाको गोपीबल्लभपुर थाना क्षेत्रस्थित बर्गिडांगा क्षेत्रमा एकजना 36 वर्षीय विवाहिताको शव उसको घरभित्रै संदिग्ध अवस्थामा भेटियो। यस घटनाको कारणले क्षेत्रमा सन्त्राष व्याप्त भएकोछ। मृतकाको नाम दीपाली पाएरा साऊ हो।
परिवारको आरोप छ, महिलाको हत्या गरिएको हो। उनीहरूले थानामा लिखित सिकायत दर्ता गराएका छन् साथै दोषीहरूलाई कड़ाभन्दा कड़ा सजाय दिने अपील पनि गरेका छन्।
पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएकोछ। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै सम्पूर्ण मामिलाको जाँच शुरू गरिएको छ। वरिपरीका मानिसहरू तथा आफन्तहरूलाई जाँचबुझ गरिँदछ।
पुलिसले भन्यो, अहिलेसम्म यो स्पष्ट हुन सकेको छैन, कि यो हत्या हो वा आत्महत्या। मामिलाको निष्पक्ष जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा