
पूर्व बर्दवान, 18 मार्च (हि.स.)। कालना जीआरपी थानाको पुलिसले गए मंगलवार गुड़िरहेको ट्रेनमा कारबाही गर्दै गाँजा तस्करी गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गऱ्यो भने सम्बन्धित व्यक्तिबाट सात किलोग्राम मादक पदार्थ जफत गऱ्यो। पक्रा पर्ने आरोपीको पहिचान कुचबिहार जिल्लाको दिनहाटा निवासी गोबिन्द राय (38)- को रूपमा भएको छ।
बुधवार रेल पुलिसद्वारा बताइयो, गुप्त सूचनाको आधारमा गए मंगलवार अपरान्ह 12:45 बजे यो कारबाही गरिएको हो। जाँचमा एकजना संदिग्ध व्यक्तिको ब्यागबाट प्रतिबन्धित गाँंजा जफत गरियो।
प्रारंभिक जाँचबुझमा आरोपीले बतायो, उ न्यू कुचबिहार जंक्शनदेखि अम्बिका कालना रेलवे स्टेशनसम्म गाँजा पुऱ्याउनको लागि गइरहेको थियो।पुलिसले आरोपीविरूद्ध मादक पदार्थ अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ। उसलाई बुधवार पूर्व बर्दवानको तेस्रो
अदालतमा पेश गरियो।
पुलिसले बतायो, यस कारबाही पश्चात क्षेत्रमा मादक पदार्थ तस्करी विरोधी अभियानलाई अझ तीव्रता दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा