
गुवाहाटी, 19 मार्च (हि.स.)। असमको सत्ताधारी पार्टी भारतीय जनता पार्टी (भाजपा)- को नयाँ दिल्लीमा गत दुइ दिनसम्म चलेको बैठकपछि आज असमका 126 सदस्यीय विधानसभाको लागि 88 जना उम्मेद्वारहरूको पहिलो सूची जारी गरियो।
ज्ञात रहोस्, नयाँ दिल्लीमा गए बुधवार अबेर रातीसम्म भाजपाको केन्द्रिय चुनाउ समितिको बैठक राष्ट्रिय अध्यक्ष नितिन नवीनको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह एवं केन्द्रिय चुनाउ समितिका अन्य सबै सदस्यहरू उपस्थित थिए। केन्द्रिय चुनाउ समितिले असममा हुने विधानसभा चुनाउ-2026 को लागि 88 जना उम्मेद्वारहरूको नामलाई आफ्नो स्वीकृति दिएको छ जसमा 6 जना महिला उम्मेद्वारहरू पनि सामेल छन्।
सूचीमा अधिकांश प्रमुख विधायकहरूको नाम सामेल गरिएको छ भने 26 वटा सीट सहयोगी गठबन्धन असम गण परिषद (अगप) र 11 वटा सीट बोडोल्याण्ड पीपल्स फ्रण्ट (बीपीएफ)- को लागि भाजपाले छोड़िदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा