
खरसाङ, 19 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटी नारी शक्तिको विस्तारलाई लिएर आज खरसाङ महकुमा कार्यालयमा महकुमा समिति नारी शक्तिका अध्यक्ष तथा नगरपालिका क्षेत्रकी चुनाउ प्रभारी सबिता कार्कीको अध्यक्षतामा सभा सम्पन्न भयो।
सभामा विपक्षी राजनीतिक पार्टी त्यागेर भागोप्रमोमा सामेल भएकी नवनियुक्त टाउन कमिटी नारी शक्तिकी कार्यकारीणी सदस्या शितल रसाइलीले विपक्ष पार्टीमा रहँदाकाे अनुभव साझा गरिन्। सभामा खरसाङ नगरपालिकाका वार्ड नम्बर एकदेखि बीससम्मका 57 जना नारीहरूलाई टाउन कमिटीको विभिन्न पदमा मनोनित गर्दै नियुक्ति पत्र प्रदान गरियो।
खरसाङ टाउन कमिटी नारी शक्तिद्वारा राखिएको सभामा केन्द्रिय समिति सदस्य जैतून निशा खातुन, खरसाङ महकुमा क्षेत्रका चुनाउ प्रभारी समीर दीप ब्लोन, टाउन कमिटीका अध्यक्ष राजु शर्मा, 28 नम्बर चिम्नी देउराली समष्टिका अध्यक्ष सुष्मा मुखिया आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / हनोक