
खरसाङ, 19 मार्च (हि.स.)। खरसाङ खण्ड लङ्भ्यू चियाबारीको कालीखोला क्षेत्रमा बिहिवार साँझतिर एउटा जङ्गली हात्तीको आक्रमणमा परेर एक वृद्धा महिला गम्भीर रूपमा घाइते बनेकी छन्। प्रत्यक्षदर्शीका अनुसार, महिला आफ्ना दुई साथीसँग इभिनिङ वाकमा गएकी थिइन्। त्यसै समय अचानक जङ्गली हात्तीसँग जम्काभेट हुँदा हात्तीले आक्रमणगरी उनलाई जङ्गलतर्फ तानेर लगेको र त्यही क्रममा उनी गम्भीर घाइते बनेकी हुन्।
समाचार लेखूञ्जेलसम्म महिलाको अवस्था चिन्ताजनक रहेको जानकारी पाइएको छ। घटनाको खबर पाएपछि तत्कालै स्थानीय वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर घाइते महिलालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / हनोक