भाजपाले दार्जिलिङमा नोमन राई र कालेबुङबाट भरत छेत्रीलाई बनायो उम्मेदवार
भरत बस्नेत


नाेमन राई


खरसाङ, 19 मार्च (हि.स.)। भारतीय जनता पार्टीले पश्चिम बंगालमा प्रस्तावित विधानसभा चुनाउको लागि आफ्नो उम्मेदवारहरूको दोस्रो लिस्ट जारी गरेको छ। यसमा पहाडका तीनवटा विधानसभा समष्टिहरुका लागि पनि उम्मेदवारहरुको नाम सामेल छन्।

भाजपाले दार्जिलिङ सिटबाट गोर्खा जनमुक्ति युवा मोर्चाका अध्यक्ष नोमन राईलाई उम्मेदवार बनाएको छ। त्यसरी नै कालेबुङबाट भारतको पूर्व राष्ट्रिय हक्की खेलाडी एवं पूर्व कप्तान भरत छेत्रीलाई आफ्नो उम्मेदवार बनाएको छ। यस क्रममा खरसाङबाट भाजपाले आफ्नै पार्टीका दार्जिलिङ जिल्ला महासचिव सोनाम लामालाई टिकट दिएको छ।

पहाडका तीनवटा विधानसभा सिटहरुमा भाजपाको सोझो टक्कर पहाडको सत्तारुढ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवारहरुसित हुने तय देखिएको छ। दार्जिलिङमा भाजपा उम्मेदवार नोमन राई र भागोप्रमोका उम्मेदवार बिजयकुमार राईसित टक्कर हुनेछ। त्यसरी नै कालेबुङमा भाजपा उम्मेदवार भरत छेत्रीको टक्कर वर्तमान विधायक एवं भागोप्रमोको केन्द्रिय उपाध्यक्ष रुदेन सादा लेप्चासित हुनेछ।

खरसाङ विधानसभा समष्टिमा भाजपा उम्मेदवार सोनाम लामा र भागोप्रमो केन्द्रिय महासचिव अमर लामासित टक्कर हुनेछ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande