रूख ढलेर युवकको मृत्यु, एकजना घाइते
रूख ढलेर युवकको मृत्यु, एकजना घाइते


जलपाईगुड़ी, 19 मार्च (हि.स.)। जिल्लाको मयनागुड़ीमा गए अबेर राती आएको हुरी-बतासले एक परिवारको खुशी नै खोसेको छ। खागड़ाबाड़ी-2 ग्राम पञ्चायत अन्तर्गत द्वारिकामारी क्षेत्रमा हुरी एवं वर्षाको कारणले एउटा विशाल वरको रूख ढलेर एकजना युवकको मृत्यु भयो भने अर्को युवक घाइते भए। मृत युवकको नाम सुजन दास हो जबकि उनका साथी काजल दास गम्भीर रूपमा घाइते भए।

स्थानीय मानिसहरू अनुसार सुजन आफ्नो साथीसित घर नजिकै आफ्नो सानो दोकानमा गए बुधवार राती सुतिरहेका थिए। अचानक हुरी तथा असिना पानी पर्न थाल्यो। यस अवधि नजिकै रहेको ठूलो वरको रूख उखेलिएर दोकानमाथि ढल्यो जसबाट यो दुर्घटना भयो।

घटनापछि स्थानीय मानिसहरू तुरून्त घटनास्थलमा पुगे अनि दुवैलाई मयनागुड़ी अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले सुजनलाई मृत घोषित गरिदिए भने काजल उपचाराधिन छन्।

घटनापछि सम्पूर्ण क्षेत्र गहिरो शोकमा डुबेको छ। बिहीवार मयनागुड़ीका पूर्व विधायक कौशिक रायले मृतक परिवारसित भेट गरी संवेदना व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande