
आसनसोल, 19 मार्च (हि.स.)। आसनसोल साउथ थाना अन्तर्गत पञ्चपुलिया ब्रिज निकट एकजना पुलिस अधिकारीमाथि महिलामाथि कुटपिट गरेको आरोप लागेको छ।
घटनाबारे बताइयो, एकजना महिला प़ञ्चपुलिया ब्रिज नजिकैबाट स्कुटी लिएर गइरहेकी थिई। यसै बेला पुलिस अधिकारी सञ्जय चक्रवर्ती आफ्नो कारमा जेनेक्स एग्जाटिका मार्फत दुर्गापुरदेखि आवास तर्फ फर्किरहेका थिए। पुल नजिक ओभरटेक गर्ने चेष्टा गर्दै काार चालक पुलिस अधिकारीले हर्न बजाइरहेका थिए। तर स्कुटी चालक महिलाले बाटो दिइन। महिलाले बाटो नदिए पनि महिलालाई ओभरटेक गरेर कर अगाड़ि बढ़्यो अनि बीच बाटोमा पुगेर स्कुटीलाई रोकाइयो। महिलाले बुर्का लगाएकी थिई। आरोप छ, पुलिस अधिकारीले महिलालाई थप्पड़ बर्साए, अपशब्द प्रयोग गरे अनि थानामा सिकायत गर्ने धम्की दिए।
महिलाले आरोप लगाी, कार चालक त्यसबेला मातेको थियो। आफूसित दुर्व्यवहार भएको कारणले आक्रोसित महिलाले फोन गरेर आफ्नो परिवारलाई सम्पूर्ण घटना बारे बताई। जानकारी पाउनसाथ परिवारजन, आफन्त, छर-छिमेक तथा क्षेत्रका मानिसहरू घटनास्थलमा पुगे। दुई पक्षबीच भनाबैरी भयो। पुलिस अधिकारी सञ्जय चक्रवर्तीले हालैमा घटनाको जानकारी आसनसोल साउथ पीपीलाई दिए।
घटनास्थलमा पुगेको पुलिसले दुवै पक्षलाई सम्झाएर स्थितिलाई शान्त बनाउने प्रयास गरिरहेको थियो, तर महिलासित भएको दुर्व्यवहारलाई लिएर मानिसहरू मान्न तयार भइरहेका थिएनन्। उनीहरूको भनाइ थियो, पुलिस अधिकारीले उनीहरूसित माफी मागोस्। पछि पुलिस अधिकारी आरोपी र महिलालाई लिएर थानामा पुगे। पछाड़ि-पछाड़ि भीड़ पनि थानामा पुग्यो अनि राती 12 बजेपछि दुई घण्टासम्म हाई भोल्टेज ड्रामा चलिरह्यो। अन्ततः पुलिस अधिकारी सञ्जय चक्रवर्तीले माफी मागेपछि मामिला सुल्झियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा