
जलपाईगुड़ी, 19 मार्च (हि.स.)। जलपाईगुड़ी–सिलगढ़ी राष्ट्रिय राजमार्ग -27 मा पछिल्लो राती एउटा ठूलो दुर्घटना भयो। घटनामा एम्बुलेन्स र ट्रेलर आपस्तमा ठोक्किँदा भयानक आगो लाग्यो। मोहित नगर क्षेत्रमा राती लगभग साढ़े एघार बजे यो दुर्घटना भएको हो। भनिन्छ, ट्रेलर सिलगढ़ीदेखि डुवर्स तर्फ गइरहेको थियो भने एम्बुलेन्स विपरीत दिशाबाट आइरहेको थियो। अचानक नियन्त्रण गुमाएको कारणले दुवै वाहन आपस्तमा ठोक्कियो। ठक्करपछि दुवै वाहनमा आगो लाग्यो। हेर्दा-हेर्दै एम्बुलेन्स र ट्रेलक पूर्ण रूपले जलेर खरानी भयो। तर राहतको कुरा, यस घटनामा कुनै पनि प्रकारको जनहानि भएन। घटनापछि क्षेत्रमा भय व्याप्त भयो। दुर्घटनापछि दुवै वाहन चालक घटनास्थलबाट भागे। आगलागीको कारणले लामो समयसम्म राष्ट्रिय राजमार्गमा यातायात बाधित रह्यो। सूचना पाउनसाथ पुलिस र दमकलको टीम घटनास्थलमा पुग्यो अनि कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गऱ्यो। त्यसपछि बिस्तारै स्थिति सामान्य भएर यातायात पुनः शुरू भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा