
अंडाल, 18 मार्च (हि.स.)। अंडाल जीआरपी थानाको तत्परताले रेलवे स्टेशनमा भौंतारिरहेकी एकजना बालिकालाई सुरक्षित उद्धार गरी उसकी आमालाई सुम्पिइयो।
प्राप्त जानकारी अनुसार गए 18 मार्चको बिहान लगभग 08:25 बजे एसआई मोहम्मद मोनिरुल हक आफ्नो टीमसित अंडाल स्टेशनमा ड्यूटीमा गइरहेा थिए। यसै अवधि उनले फुट ओभर ब्रिज नजिक एकजना चार वर्षीय बालिकालाई एक्लै भौंतारिरहेको देखे। जाँचबुझ गर्दा मात्र आफ्नो नाम रफिया र पिताको नाम रूस्तम बताई। योभन्दा अधिक जानकारी बालिकाले दिन सकिन।
पुलिस टीमले तत्परता देखाउँदै बालिकालाई सुरक्षित आफ्नो संरक्षणमा लिएर महिला कन्स्टेबलको सहायताले “चाइल्ड फ्रेण्डली कर्नर”- मा राख्यो। पछि बालिकाकी आमा र मामा जीआरपीएसको चाइल्ड फ्रेण्डली कर्नरमा आइपुगे। प्ररम्भिक जाँचबुझपछि बालिकाको पहिचान र ठेगाना स्पष्ट भयो।
भनिन्छ, पश्चिम बर्दवान निवासी बालिका बिहान आफ्ना मामा र माइज्युसित स्टेशनमा आएकी थिई। उसको मामा टिकट लिन गएको थियो, यसै अवधि राँची-हटिया एक्सप्रेस अंडाल स्टेशनमा आइपुग्यो र त्यै ट्रेनमा माइज्यु गल्तीले सवार भई जसले गर्दा नानी प्लेटफर्ममै छोडियो। सबै आवश्यक सत्यापनपछि बालिकालाई उसको मामाको उपस्थितिमा आमालाई सुरक्षित सुम्पिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा