गौरव गोगोईमाथि भूपेन बोराको हमला, अखिल गोगोईमाथि कटाक्ष
गौरव गोगोईमाथि भूपेन बोराको हमला, अखिल गोगोईमाथि कटाक्ष


गुवाहाटी, 19 मार्च (हि.स.)। असम भाजपाका वरिष्ठ नेता भूपेन कुमार बोराले विपक्षी नेताहरूमाथि धारिलो प्रहार गर्दै आरोप लगाए, कंग्रेस अध्यक्ष गौरव गोगोईले कंग्रेस पार्टीभित्र वरिष्ठ नेताहरूलाई किनाराकृत गर्ने दिशामा काम गरिरहेका छन्।

भूपेन बोराले दाबी गरे, गौरव गोगोईले चाँड़ै नै प्रतिपक्षका नेता देवव्रत सौकियालाई पनि लक्ष्मण रेखादेखि बाहिर निक्लानेछन् अनि यो कंग्रेसको कफिनमा “अन्तिम किला ठोक्ने” जस्तै कदम हुनेछ। भूपेन बोराले गए राति बिहपुरियामा आयोजित एक कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए। उनको यस बयानबाट राज्यको रजनीतिमा बढ़्दो तनाउको संकेत प्राप्त भइरहेको छ।

यस अतिरिक्त बोराले राइजर दलका अध्यक्ष अखिल गोगोईमाथि पनि कटाक्ष गर्दै उनको तुलना महाभारतका पात्र दुर्योधनसित गरे। उनले भने, अखिल गोगोईले “दुर्योधनले जस्तै कपड़ा फुकाल्ने आवश्यकता छैन,” जसलाई उनकेो राजनीतिक व्यवहारमाथि कटाक्ष मानिँदैछ।

उपरोक्त बयान पश्चात राज्यमा भाजपा अनि विपक्षबीच भनाबैरी अझ् तीव्र भएको छ जसबाट राजनीतिक माहोल तातिने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande