पूर्व मुख्यमन्त्री गोलाप बरबोराको पुण्यतिथिमा मुख्यमन्त्री सरमाले दिए श्रद्धाञ्जली
पूर्व मुख्यमन्त्री गोलाप बरबोराको पुण्यतिथिमा मुख्यमन्त्री सरमाले दिए श्रद्धाञ्जली


गुवाहाटी, 19 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहिवार पूर्व मुख्यमन्त्री गोलाप बरबोराको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनलाई सिद्धान्तवादी एवं जनसेवाप्रति समर्पित नेताको रूपमा स्मरण गरे।

मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भनेका छन्,बरबोरा सरलता, इमानदारी औ नीतिगत दृढ़ताका प्रतीक थिए। उनको राजनीतिक जीवन जनसेवाको एक उत्कृष्ट उदाहरण रहिआएको छ जो भावी पिँढ़ीहरूको लागि प्रेरणास्रोत बनिरहनेछ।

उनले भने, कठिन परिस्थितिमा पनि बरबोटाआफ्नो सिद्धान्तदेखि कहिल्यै विचलित भएनन् र उनको योगदान आज पनि असमका मानिसहरूको स्मृतिमा जीवन्त छ।

मुख्यमन्त्रीले भने, उनको जन्म शताब्दी वर्षलाई मनाउनको लागि राज्य सरकारद्वारा व्यापक कार्यक्रमहरूको आयोजन गरिएको छ ताकि उनका आदर्श अनि धरोहरलाई अगाड़ी बढ़ाउन सकियोस्।

पुण्यतिथिको यस पावन अवसरमा मुख्यमन्त्रीले दिवंगत नेतालाई विनम्र श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानलाई नमन गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande