मुख्यमन्त्रीले झण्डेवालान मन्दिरमा पूजा-अर्चना गरिन्
मुख्यमन्त्रीले झण्डेवालान मन्दिरमा पूजा-अर्चना गरिन्


नयाँ दिल्ली, 19 मार्च (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले चैत्र नवरात्रिको अवसरमा बिहीवार झण्डेवालान मन्दिरमा माँ आदिशक्तिको पूजा-अर्चना गरी माँको आशीर्वाद ग्रहण गरिन्। मुख्यमन्त्रीले सोशल मीडिया प्लेटफर्म एक्समा पोस्ट गरिन्, चैत्र नवरात्रि भारतीय संस्कृतिको एक पावन पर्व हो जुन शक्ति, श्रद्धा एवं नवआरम्भको प्रतीक हो। यो नौ दिवसीय उत्सव माँ आदिशक्तिका विभिन्न स्वरूपहरूको आराधना गर्ने अवसर हो जहाँ भक्तिसित आत्मसंयम, साधना औ सकारात्मक ऊर्जाको संकल्प गाँसिएको हुन्छ। मुख्यमन्त्रीले यस अवधि झण्डेवालान मन्दिरमा आयोजित भजन क्लबिंगमा माँ आदिशक्तिको भक्ति तथा संगीतको दिव्य संगमको अनुभूत गरिन्। उनले यस अवसरम बनिन्, भक्तिको यस मधुर धाराले वातावरणलाई माँका जयजयकारहरूले गुञ्जयमान बनाइदियो. यो नयाँ सांस्कृतिक स्वरूपले हाम्रा युवाहरूलाई सनातन परम्परासित जोड़्दै उनीहरूभित्र श्रद्धा, ऊर्जा एवं आत्मविश्वास सञ्चार गर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande